• १० मंसिर २०८१, सोमबार

भुटानको पारो एफसी काठमाडौँमा

blog

काठमाडौँ, साउन २६ गते । एफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल खेल्न भुटानको पारो एफसी शनिबार नेपाल आइपुगेको छ ।

तीनवटा विश्वकप खेलिसकेका जापानी फुटबल खेलाडी केसुके होन्डा सम्मिलित भुटानी टोली पारोले नेपालको चर्च ब्वाइज युनाइटेडसँग मङ्गलबार दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । चर्च ब्वाइज र पारोबिचको खेल साँझको ६:०० बजे हुनेछ ।

चर्च ब्वाइज टोलीलाई प्रशिक्षक बालगोपाल महर्जनले एक महिनादेखि प्रशिक्षण गराई रहनुभएको छ । पारोसँग खेल्न चर्च ब्वाईजले अनन्त तामाङको कप्तानीमा २३ सदस्यीय खेलाडी टोली घोषणा समेत गरिसकेको छ ।