• २३ असार २०८२, सोमबार

बङ्गलादेशका वकिलले पूर्वप्रधानमन्त्रीविरूद्धको हत्याको मुद्दा खारेज गर्न माग

blog

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना ।

ढाका, असार २३ गते । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज गर्न सरकारी वकिलले सोमबार माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा भएकोृ आन्दोलनका क्रममा हसिनाको सरकारले सत्तामा टिक्ने असफल प्रयासस्वरुप प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि एक हजार ४०० जनाको मृत्यु भएको थियो ।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना शरण लिन भारततर्फ भाग्नुभएको थियो । सरकारले पछि उहाँलाई स्वदेश फर्कन र उहाँमाथि लागेका अभियोगको सामना गर्न दिएको आदेश पालना नगरेपछि उहाँको अनुपस्थितिमा जुन १ मा उहाँविरूद्धको मुद्दाबारे सुनुवाइ सुरु भएको थियो ।

सरकारी वकील मोहम्मद अमिर हुसेनले भन्नुभएको छ, “मैले मलाई सबै आरोपबाट मुक्त हुन माग गरेको छु । किनभने मैले हसिनासँग प्रत्यक्ष रुपमा कुरा गर्न पाएको थिइन । ती मुद्दा झुटा, मनगढन्ते र राजनीतिबाट प्रेरित देखिन्छन् ।” अभियोजकहरूका अनुसार हसिनाले हिंसाको सम्पूर्ण जिम्मेवारी आफूले लिने तर ती सबै एउटा शासकले देशमा नियम र कानुनको आधारमा गर्नुपर्ने जिम्मेवारी भएको बताउनुभएको थियो । 

अभियोजकहरूले उहाँविरुद्ध पाँच वटा अभियोग दायर गरेका छन् जसमा सामूहिक हत्या रोक्न असफल हुनु पनि समावेश छ, जुन बङ्गलादेशी कानून अन्तर्गत मानवता विरुद्धको अपराध हो । हसिनाविरूद्धको मुद्दाको सुनुवाई  १० जुलाईका लागि स्थगित भएको छ । यसअघि जुलाई २ मा हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा छ महिनाको जेल सजाय सुनाइएको थियो । रासस/सिन्ह्वा