स्मिता अर्जेल
मकवानपुरगढी, भदौ १५ गते । बागमती प्रदेशसभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक आज दिउँसो २ बजे बस्नेभएको छ । सभामुख भुवनकुमार पाठकले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक आह्वान गर्नुभएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन दुई विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची तय गरिएको छ । सभामुख पाठकका अनुसार उक्त बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ । बैठकमा विशेष समय र शुन्य समयको कार्यसूची रहने सभामुख पाठकले बताउनुभयो ।