सुदूरपश्चिमको अध्यक्षमा विष्ट
सुरेन्द्र सिंह विष्ट नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको सुदूरपश्चिम प्रदेश अध्यक्षमा चयन भएका छन्।
एम्बाप्पेको डेब्यु गोलमा रियल च्याम्पियन
फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेको डेब्यु गोल सहयोगमा रियल म्याड्रिडले युरोपियन सुपर कपको उपाधि जितेको छ ।
दशरथ रङ्गशाला बिग्रिएपछि सातदोबाटो सर्यो साफ यु–२० फुटबल
नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको अवस्था नाजुक भएपछि आइतबार देखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोमा हुने भएको छ ।
१०औँ राष्ट्रिय खेलकुदको कार्यविधि बन्यो
कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ ।
एपीएफका तीन महिला भलिबल खेलाडीलाई सम्मान
काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा सहभागी नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई बुधबार सम्मान गरिएको छ । प्रधान कार्यालयमा आयोजित कार्यक्रमबिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गर्नुभएको हो ।
कर्पोरेट टी–१० क्रिकेट हुने
भेट्रान ४० प्रालिको आयोजनामा भदौ १ देखि ४ गतेसम्म कर्पोरेट टी–१० क्रिकेट लिग हुने भएको छ ।
स्पोर्ट्स अवार्ड भदौ २८ गते
२१औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आगामी भदौ २८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बुधबार एक कार्यक्रमबिच अवार्डको मिति घोषणा गरेको हो ।
पारोसँग हार्यो चर्च ब्वाइज
एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ ।
चर्च ब्वाइज र पारोबिचको पहिलो हाफ बराबर
नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबिच दशरथ रङ्गशालामा मङ्गलबार जारी एएफसी च्यालेन्ज लिग प्रारम्भिक चरणको प्लेअफको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ ।
पारोसँग खेल्न चर्च ब्वाइज टोली मैदानमा
एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा भुटानको पारो एफसीविरुद्ध खेल्नका लागि नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेको छ ।
कप्तान रोहित, सन्दीप र दीपेन्द्रविनै भारतमा अभ्यास
आइसिसी एक दिवसीय विश्वकप लिग–२ को तयारीका लागि भारतमा हुने प्रशिक्षणमा नेपालका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको सहभागिता नरहने भएको छ ।
राष्ट्रिय युवा नीति भदौ भित्रै आउँछ : मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति २०८१ भदौ महिनाभित्रै जारी हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
क्रिकेट टोली प्रशिक्षणका लागि भारत प्रस्थान
आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार भारत प्रस्थान गरेको छ ।
उत्कृष्ट नतिजा निकाल्ने ब्वाइज र पारोको दाबी
एएफसी च्यालेन्ज लिगको प्लेअफमा मङ्गलबार नेपालको लिग च्याम्पियन टोली चर्च ब्वाईज युनाइटेड र भुटानको पारो एफसीबिच प्रतिस्पर्धा हुँदैछ ।
पेरिस ओलम्पिक : ४० स्वर्णसहित अमेरिका शीर्ष स्थानमा
आइतबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ काँस्यसहित १२६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
खेलकुदको विश्व मेला
ओलम्पिकलाई विश्व खेलकुदको सबभन्दा ठूलो मेला मानिन्छ । ओलम्पिक खेलमा विश्वका सबै देशले भाग लिन्छन् । विश्वमा खेलिने प्रायः सबै लोकप्रिय खेल ओलम्पिकमा खेलिन्छन् । ओलम्पिकमा विश्वका सबै देशका उत्कृष्ट खेलाडीको एकै ठाउँमा जमघट हुन्छ । त्यसैले ओलम्पिक खेल्ने सपना हरेक खेलाडीले साँचेको हुन्छ तर पदक जित्ने सौभाग्य कमैलाई मात्र मिल्छ । ओलम्पिक प्राचीनकालमै सुरु भएको हो । ग्रिसमा ओलम्पिक खेलिन्थ्यो । ओलम्पिया पर्वतमा प्रतियोगिता हुन्थ्यो । यसैले यो प्रतियोगिताको नामकरण पनि ओलम्पिक भयो । प्राचीन ओलम्पिकको सुरुवात इसापूर्व ७७६ मा भएको मानिन्छ ।
ग्लोबल टी–२० लिग : रोहितको टोली टोरोन्टो नेसनल्स फाइनलमा
नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टी–२० लिगको फाइनलमा प्रवेश गरेको छ ।
हेटौँडा–रजैया राप्ती नदीमा र्याफ्टिङ
हेटौँडामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती नदीमा मौसमी र्याफ्टिङ सेवा सुरु गरिएको हो । हेटौँडाको राप्ती पुलबाट मनहरी गाउँपालिकाको केन्द्र रजैयासम्म साहसिक खेल र्याफ्टिङको सेवा सुरु गरिएको हो ।
अमेरिकाले जित्यो ओलम्पिकमा महिला फुटबलको स्वर्ण
पेरिस ओलम्पिकमा महिला फुटबलको स्वर्ण अमेरिकाले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा अमेरिकाले ब्राजिललाई १–० गोलले हराउँदै स्वर्ण जितेको हो ।
महिला भलिबल खेलाडीलाई पुरस्कारका लागि सिफारिस
राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल महिला खेलाडीलाई पुरस्कार प्रदान गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सफारिस गरेको छ ।
पेरिस ओलम्पिक : धाविका सन्तोषी ७९औँ स्थानमा
नेपाली धाविका सन्तोषी श्रेष्ठले फ्रान्सको पेरिसमा जारी ओलम्पिक–२०२४ अन्तर्गत महिला म्याराथनमा ७९औँ स्थानमा अटाउनुभएको छ ।
पेरिस ओलम्पिक : चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा
शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले ३९ स्वर्ण, २७ रजत र २४ काँस्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याण्ड, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।
पेरिस ओलम्पिक्सको अन्तिम दिन सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै
पेरिस ओलम्पिक्सको अन्तिम दिन आइतबार नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।
मिनबहादुर एक लाखसहित सम्मानित
भुटानमा हालै सम्पन्न आठौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता मिनबहादुर तामाङ एक लाख रुपियाँसहित सम्मानित हुनुभएको छ ।