• २७ साउन २०८१, आइतबार

महिला भलिबल खेलाडीलाई पुरस्कारका लागि सिफारिस

blog

फाइल तस्बिर ।

काठमाडौँ, साउन २७ गते । राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल महिला खेलाडीलाई पुरस्कार प्रदान गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सिफारिस गरेको छ । 

राखेप कार्यकारी समितिको २०८१ साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीलाई पुरस्कारका लागि सिफारिस गरेको हो । राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउनेछन् ।

यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार पुरस्कार पाउनेछन् । साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो । 

यस्तै सेमिफाइनलमा इरानलाई हराएको नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो । प्रतियोगिातमा सहभागी अर्को टोली माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।