• ९ भदौ २०८१, आइतबार

पारोसँग हार्‍यो चर्च ब्वाइज

blog

बल खोस्ने प्रयास गर्दै चर्च ब्वाइज र पारो एफसीका खेलाडी । तस्बिर : केशव गुरुङ

काठमाडौँ, साउन २९ गते । एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ ।

दशरथ रङ्गशालामा मङ्गलबार साँझ भएको खेलमा चर्च ब्वाइज पारोसँग २–१ गोलले पराजित भयो । निरन्तर झरीका कारण हिलाम्मे मैदानमा सुरुवाती अग्रता लिएपनि चर्च ब्वाइज स्तब्ध बन्यो । 

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा पारोले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ । खेलमा सुरुवाती अग्रता चर्च ब्वाइजले लियो ।

३८औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै टोलीको उत्साह जगाउनुभएको थियो । तर, लगत्तै पारोका कर्मा क्षेत्रीमले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि ६७औँ मिनेटमा विलियम ओपोकुले गोल गर्दै पारोलाई जिताउनुभयो ।

जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा जित निकाल्न निकै हम्मे परेको थियो । यता नेपाली राष्ट्रिय टोलीका खेलाडीको साथ पाएको चर्च ब्वाइज दोस्रो हाफमा सम्हालिन नसक्दा हार खेप्न बाध्य बन्यो ।