• १० मंसिर २०८१, सोमबार

एम्बाप्पेको डेब्यु गोलमा रियल च्याम्पियन

blog

गोल गरेपछि खुसी मनाउँदै केलियन एमबाप्पे ।

काठमाडौँ, साउन ३१ गते । फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेको डेब्यु गोल सहयोगमा रियल म्याड्रिडले युरोपियन सुपर कपको उपाधि जितेको छ । 

पोल्यान्डमा बुधबार राति भएको खेलमा रियल म्याड्रिडले एट्लान्टालाई २–० गोलले हरायो । रियलले कीर्तिमानी ६ पटक याे उपाधि जितेको हो । 

रियालको जितमा भिनिसियस फेडेरिको भाल्भर्डे र एम्बाप्पेले गोल गर्नुभयो । भाल्भर्डेले ५९औँ र एमबाप्पेले ६८औँ मिनेटमा गोल गर्नुभएको हो । इटालियन सिरी ‘ए’ टोली एट्लान्टाले गोल फर्काउने प्रयास गरे पनि सफल भएन ।

फ्रेन्ज क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट यसै सिजन रियल पुग्नुभएका एम्बाप्पेले रियलका लागि पहिलो खेल खेल्नु भएको हो । रियलले अब आइतबार राति मालोकाँसँग खेल्दै ला लिगाको नयाँ सिजन सुरु गर्नेछ । एजेन्सी