• २७ साउन २०८१, आइतबार

पेरिस ओलम्पिक्सको अन्तिम दिन सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

blog

नेपालकी धाविका सन्तोषी श्रेष्ठ ।

काठमाडौँ, साउन २६ गते। पेरिस ओलम्पिक्सको अन्तिम दिन आइतबार नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा छनोट भएकी हुन्। सन्तोषी गत १५ गते पेरिस पुग्नुभएको हो। दश दिन पेरिसमा नै उनले प्रशिक्षण गर्नुभयो। त्यहाँको मौसमसँगै अभ्यस्त भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन्। सन्तोषीले नेपालको लागि १३ औँ दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन्। पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन्। 

नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन्। जहाँ पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए। यसबाहेक अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए।