यो उपाधि आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीप्रति समर्पित छ : बङ्गलादेशी प्रशिक्षक
साफ यु–२० च्याम्पियनसिपको फाइनलमा विजयी भएपछि बङ्गलादेशका प्रशिक्षक मरुफुल हकले यो ट्रफी विद्यार्थी आन्दोलनमा ज्यान गुमाएकालाई समर्पित गर्ने बताउनुभएको छ।
आइसिसीको अध्यक्षमा भारतका जय शाह निर्वाचित
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित हुनुभएको छ ।
उर्लाबारी रन असोजमा
मोरङको उर्लाबारीमा आगामी असोज ३ गते उर्लाबारी रनको सातौँ संस्करण आयोजना हुने भएको छ ।
साफ यू–२० फुटबल : नेपाललाई हराउँदै बङ्गलादेश च्याम्पियन
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो ।
सन्दीप र ललित बिबीएलको ड्राफ्टमा
नेपालका लेग स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियाको बिग बास लिग (बिबीएल) को ‘ड्राफ्ट’ मा पर्नुभएको छ ।
बार्सिलोनाको रोमाञ्चक जित
बार्सिलोनाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । मङ्गलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले रायो भालेकानोलाई उसैको मैदानमा २–१ गोलले हरायो ।
पेरिस पारालिम्पिक आजदेखि, पलेसा र भरतको प्रतिद्वन्द्वी तय
पेरिस पारालिम्पिक–२०२४ बुधबार (आज) देखि फ्रान्सको पेरिसमा सुरु हुँदैछ । पारालिम्पिकमा भाग लिन नेपाली खेलाडी पेरिस पुगिसकेका छन् ।
एन्फा महासचिव राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय बहुमतले पारित
अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।
नेपालसमक्ष सात वर्षपछि उपाधि जित्ने अवसर
नेपाल लामो समयपपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ । नेपालले बुधबार बङ्गलादेशसँग साफ यु–२० च्याम्पियनसिपको उपाधि भिडन्त गर्दै छ । पहिलो दुई संस्करणको विजेता नेपाललाई त्यसपछि सधैँ साफ उमेर समूहको फुटबलको उपाधिले लोभ्याइरहेको छ । नेपाल सात वर्षपछि साफ उमेर समूहको फुटबल फाइनल खेल्दै छ । सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि रक्षा गरेको थियो ।
अस्ट्रेलियामा मुँवाथाई खेल्दै गुणराज
नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल वैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ प्रस्थान गर्दै हुनुहुन्छ ।
एसियन जुनियर बक्सिङमा नेपालका चार खेलाडी
एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा अवुधावीमा हुने एसियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गल्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार जना पुरुष खेलाडी सहभागी हुने भएका छन् ।
साफ यु–२० फुटबल : नेपाल र बङ्गलादेश दुवैको दाबी उपाधि
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा बुधबार आयोजक नेपाल र बङ्गलादेश भिड्दैछन् । सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् ।
‘दारी ग्याङ’ ले फुटसल गर्ने
सामाजिक सञ्जालमा सक्रिय युवाहरूको समूह ‘दारी ग्याङ’ ले भदौ १४ र १५ गते फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।
नेपालगन्ज १० किमी रात्रीदौड हुने
धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड आयोजना गर्न लागिएको छ ।
मोरङले जित्यो ताप्लेजुङ गोल्डकप उपाधि
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ ।
पुरुषोत्तमलाई राष्ट्रिय एमेच्योर बुद्धिचाल उपाधि
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा सम्पन्न राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि पुरुषोत्तम चौलागाईंले जित्नुभएको छ ।
सहभागितामै सीमित ओलम्पिकमा पाराले जगाएको आशा
पारालिम्पिक गेम्स भदौ १२ गते बुधबारदेखि पेरिसमा सुरु हुँदैछ । भदौ २३ गतेसम्म सञ्चालन हुने पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोका दुई र पौडीका एक गरी तीन खेलाडीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
भलिबल कभर्डहल निर्माणका लागि उपसमिति गठन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल खेलको कभर्डहल निर्माण स्थल छनोट तथा तयारीका लागि तीन सदस्य उपसमिति गठन गरेको छ ।
साफ यु–२० फुटबल : बङ्गलादेश फाइनलमा, नेपालसँग उपाधि भिडन्त
साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
लिभरपुल र चेल्सी विजयी
लिभरपुल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलले हरायो । अर्को खेलमा चेल्सीले वल्भ्सलाई उसैको मैदानमा ६–२ गोलले हरायो ।
पहिलो पटक रात्रि दौडको आयोजना हुँदै
धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रूपमा नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड आयोजना गर्न लागिएको छ ।
एपिएफ महिला टोली उज्वेकस्तानको नसाफसँग पराजित
नेपाल एपिएफ क्लबको महिला फुटबल टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणको पहिलो खेलमा उज्वेकस्तानको नसाफ क्लबसँग १–० गोलले पराजित भएको छ ।
मुख्य प्रशिक्षकमा भट्ट र योन्जन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल र तेक्वान्दो खेलको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राखेपले भलिबलको नयाँ मुख्य प्रशिक्षकमा जगदिश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिएको हो ।