• १० मंसिर २०८१, सोमबार

आइसिसीको अध्यक्षमा भारतका जय शाह निर्वाचित

blog

आइसीसीका नयाँ अध्यक्ष जय शाह ।

काठमाडौँ, भदौ १२ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित हुनुभएको छ । 

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष समेत रहनुभएका शाहले आगामी डिसेम्बर १ तारिख देखि आइसिसीको कार्यभार सम्हाल्नु हुनेछ । आइसिसीका अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने निर्णय गरेपछि अध्यक्षमा शाह एकमात्र उम्मेदवार हुनुहुन्थ्यो । 

अध्यक्षमा चुनिएपछि उहाँले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई थप अगाडि बढाउने बताउनुभएको छ । शाह सन् २०१९ मा बीसीसीआईको सचिव र सन् २०२१ मा एसीसीको अध्यक्ष बन्नुभएको थियो ।