• २४ असार २०८२, मङ्गलबार

‘पर्यटन र कृषिमा लगानी गरौँ’

blog

विश्व हिन्दु इकोनोमिक फोरम र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्षहरू एवं विभिन्न क्षेत्रका अर्थविद्सँगको भेटघाटपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : रमेश पौडेल

पोखरा समाचारदाता

पोखरा, असार २४ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकाले निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ । विश्व हिन्दु इकोनोमिक फोरम र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं विभिन्न क्षेत्रका अर्थविद्सँगको भेटघाटमा उहाँले निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न सरकारले उदार अर्थनीति लिएकाले लगानीका लागि निजी क्षेत्र तयार हुनुपर्ने बताउनुभयो । 

मुख्यमन्त्री पाण्डेले हिन्दु धर्मावलम्बीका लागि पवित्रस्थलका रूपमा रहेका तथा गण्डकी प्रदेशका हिमालमा शिवजीको बास रहेको जनविश्वासका कारण धार्मिक पर्यटनको थप सम्भावना रहेको बताउनुभयो । सरकारले विभिन्न धर्म र सम्प्रदायको उच्चसम्मान गर्दै आएको स्पष्ट पार्दै उहाँले यस क्षेत्रमा हिन्दु, बौद्धलगायत अन्य धर्मावलम्बीको पनि उत्तिकै प्रभावकारी भूमिका रहनेमा जोड दिनुभयो । भेटघाट कार्यक्रममा उहाँले सरकारले लगानी सम्मेलनको तयारी  गरिरहेको जानकारीसमेत दिनुभयो । 

विश्व हिन्दु इकोनोमिक फोरमका अध्यक्ष स्वामी विज्ञानन्दले संसारभर एक अर्ब पच्चिस करोडको सङ्ख्यामा रहेका हिन्दु धर्मावलम्बीलाई लगानीमैत्री वातावरण सिर्जना गरी गण्डकी प्रदेशमा विदेशी लगानी भित्र्याउने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले नेपालको धर्म, संस्कृति र धार्मिक स्थलका कारण पनि विश्वमा रहेका उद्योगपतिहरू लगानी गर्न इच्छुक रहेको बताउनुभयो । झन्डै ८३ प्रतिशत हिन्दुको बाहुल्य रहेको नेपालमा धार्मिक सद्भावको विकास मात्र नभई आर्थिक विकासका सम्भावना अगाडि बढ्ने र पर्यटकीय गतिविधिलाई तीव्र पार्न मद्दत मिल्ने उल्लेख गर्नुभयो । 

नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक विकासका लागि धार्मिक पर्यटनको सम्भावना प्रचुर रहेकाले हिन्दु सनातन संस्कृतिलाई केन्द्रित गरेर निजी क्षेत्रले लगानी गरेमा त्यसको उचित प्रतिफल लगानीकर्ताले मात्र नभई मुलुकले प्राप्त गर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं भ्रमण वर्ष २०२२ का संयोजक सुरज वैद्यले नेपालको पर्यटन प्रवर्धनका लागि पशुपति र मुक्तिनाथलाई जोड्नैपर्ने उल्लेख गर्नुभयो ।

हिन्दु इकोनोमिक फोरम नेपालका अध्यक्ष प्रदीपमान वैद्यले सरकारले लगानीको वातावरण बनाएमा विदेशी लगानीकर्ता नेपालमा आउन इच्छुक रहेको जनाउनुभयो । त्यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीले नेपालमा अन्तर्राष्ट्रिय क्षेत्रबाट लगानी गर्न इच्छुक रहेकाले निजी क्षेत्रलाई आकर्षित गर्न सङ्घ र प्रदेश सरकारले लगानीमैत्री नीतिलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

पोखराका अग्रज व्यवसायी नारायण पौडेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनलाई आकर्षित गर्न सकेमा मात्र पनि समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले कालीगण्डकीको शालीग्रामको जति महìव छ, त्यति नै हिन्दुका लागि कालीगण्डकीको जलको महìव भएकाले यसलाई ‘ब्रान्डिङ’ गरी विश्वबजारमा पु¥याउन सकेमा अपेक्षाकृत लाभ मिल्ने बताउनुभयो ।