• ९ भदौ २०८१, आइतबार

मुख्य प्रशिक्षकमा भट्ट र योन्जन

blog

भलिबलको नयाँ मुख्य प्रशिक्षक जगदिश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षक पूर्ण योन्जन जिम्मेवारी लिँदै ।

काठमाडौँ, भदौ ९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल र तेक्वान्दो खेलको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राखेपले भलिबलको नयाँ मुख्य प्रशिक्षकमा जगदिश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिएको हो । 

२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराहा जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो । यसअघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो । 

भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त जगदीस भट्ट २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा राखेपमा सेवा प्रवेश गर्नुभएको थियो । उहाँले १८ वर्षदेखि राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

भलिबल प्रशिक्षक प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास पाएपछि राखेपले उहाँलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिनुभयो । राखेप सदस्य सचिव टंकलाल घिसिङले दुबै जनालाई मुख्य प्रशिक्षकको नियुक्ती पत्र दिनुभयो ।