खेलाडीलाई व्यक्तित्व विकास तालिम
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले खेलाडीको व्यक्तित्व विकासलाई लक्षित गरी तालिम आयोजना गरेको छ । सङ्घले तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, भलिबल, कुस्ती, कबड्डी, पौडी र भारोत्तोलन खेलाडीलाई तालिम दिएको हो ।
काभा महिला भलिबल टोलीको बिदाइ
भदौ ३० देखि असोज ५ गतेसम्म माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको बिदाइ गरिएको छ ।
विश्वकप लिग–२ : क्रिकेट टोलीको बिदाइ
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सेप्टेम्बर १६ देखि २४ तारिखसम्म क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजमा भाग लिने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ ।
मनसुन कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई
बेनी नगरपालिका–६ चुत्रेनीमा द मनसुन युथ क्लबको आयोजना आयोजित खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक क्लबले हात पारेको छ ।
चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने
काठमाडौँ, भदौ २५ गते । नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एसाेसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उसु महासङ्घ, मार्सल आर्ट अर्गनाइजेसन अफ नेपाल र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिसँग चीनको युनानमा भएको भेटमा युनान विश्वविद्यालयका प्रमुख तथा पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारीले जानकारी दिनुभयो । छलफलमा नेपाल उसु महासङ्घका उपाध्यक्ष अभिषेकविक्रम शाह र उपमहासचिव तथा वरिष्ठ प्रशिक्षक राजीव महर्जन पनि सहभागी हुनुहुन्थ्यो । छलफलपछि नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलको विकासमा सहयोग गर्नेसम्बन्धी दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ । समझदारीपत्रमा उसु महासङ्घका तर्फबाट उपाध्यक्ष शाह र ट्रेडिसनल आर्चरी एशोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङले हस्ताक्षर गर्नुभएको छ । एघारबुँदे समझदारीपत्रमा प्रशिक्षकहरुको आदानप्रदान गर्ने, नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एसाेसिएसनले अवसर दिने, वर्षमा न्यूनतम एक कार्यक्रम संयुक्त रुपमा गर्ने, नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने, परम्परागत आर्चरी र उसु तथा कुस्ती खेलको विकासका लागि सांस्कृतिक आदानप्रदान तथा सामाजिक जागरण गर्ने, प्रतियोगिताहरुमा सहभागिता गराउने तथा खेल जागरण अभियान सञ्चालन गर्ने सहमति भएको छ । यो समझदारीले खेलसँगै सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने उपाध्यक्ष शाहले बताउनुभयो । छलफलमा राखेप सदस्य कुसारीले चीनले नेपालको खेलसँगै खेल पूर्वाधारको क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएकामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा गर्नुभएको सङ्घले जनाएको छ । उपाध्यक्ष शाहले विद्यालय तहदेखि नै आर्चरी तथा उसु खेल सिकाउन सकिए एसियाली र दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो नतिजा ल्याउन सक्ने बताउनुभएको थियो । ट्रेडिसनल आर्चरी एसाेसिएसनका अध्यक्ष कोङ, वाङ जोङपिन, वाङ फान समेतले नेपाल असल छिमेकी राष्ट्र भएको स्मरण गर्दै दुईपक्षीय सहयोग आदानप्रदानले जनस्तरमा झनै सम्बन्ध सुदृढ हुने बताउनुभयो । रासस
एन्फा महिला लिग : वालिङको दोस्रो जित
वालिङ नगरपालिकाले एन्फा महिला लिगमा दोस्रो जित निकालेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा वालिङले सङ्कटा क्लबलाई १–० गोलले हरायो ।
पलेशालाई रिपोर्टर्स क्लबको एक लाख रुपियाँसहित सम्मान
रिपोर्टर्स क्लब नेपालले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई एक लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ । सोमबार क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान गर्नुभएको हो ।
यानिकलाई युएस ओपन टेनिस उपाधि
युएस ओपन टेनिसको उपाधि विश्व नम्बर एक इटालियन स्टार यानिक सिनरले जित्नुभएको छ ।
उपराष्ट्रपतिबाट पलेशा सम्मानित
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार विशेष समारोहमा पलेशालाई सम्मान गरिएको हो ।
स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
विश्वकप लिग–२ नेपालको पहिलो खेल क्यानडासँग
आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बर १६ देखि २४ तारिखसम्म क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
जीवनराम ओसीएको कार्यकारी सदस्यमा निर्वाचित
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित हुनुभएको छ ।
दिगो पर्यटन प्रवर्द्धन गर्न फुटबल
मनाङमा असोज ३ देखि ७ गतेसम्म हिउँ चितुवा र याकको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धन गर्न दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।
खुला मिनी म्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम
एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गर्नुभएको छ ।
भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित
भारतका दिग्गज खेल प्रशासक रणधीर सिंह आइतबार नयाँदिल्लीमा ओलम्पिक काउन्सिल अफ एसियाको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन
नेपालका रवि शाही विश्व गोजुरियो कराते महासङ्घको रेफ्री कमिसन सदस्यमा चयन हुनुभएको छ ।
पलेशालाई कांग्रेसको पाँच लाखसहित सम्मान
पेरिस पारा ओलम्पिकका नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई नेपाली काँग्रेस पार्टीले पाँच लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ ।
हङ्गेरीमाथि जर्मनीको फराकिलो जित
घरेलु मैदानमा शनिबार राति भएको खेलमा जर्मनीले हङ्गेरीलाई ५–० गोलले हरायो ।
एन्फा महिला लिग : कोशीको जितको लय जारी
सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा कोशीले कर्णली प्रदेशलाई ४–० गोलले हरायो ।
भोदी खेलको संरक्षणमा जुट्दै थारू समुदाय
बर्दघाट सुस्तापूर्वका थारू समुदाय लोप हुन थालेको परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । अनतपर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको छ ।
दीपक र रमेशले सिड्नी म्याराथन दौडने
दीपक कुमार रञ्जित र रमेश शाक्य अस्ट्रेलियामा हुने सिड्नी म्याराथनमा दौडनु हुने भएको छ । सिड्नी म्याराथन सेप्टेम्बर १५ तारिखमा हुँदैछ ।
पहिलो पुस्ताका स्क्वास खेलाडी सम्मानित
नेपाल स्क्वास राकेट्स सङ्घले शनिबार अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगितामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई सम्मान गरेको छ ।
आइटिएफ तेक्वान्दोमा लुम्बिनीको वर्चश्व
‘प्रथम आमन्त्रित अन्तरप्रदेश आइटिएफ तेक्वान्दो खुला प्रतियोगिता’ मा लुम्बिनी प्रदेशले अधिकांश खेलमा पदक जितेर वर्चश्व कायम गरेको छ ।
आर्मीमाथि एपिएफको रोमाञ्चक जित
एपिएफ क्लबले एन्फा महिला लिगमा विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।