• १० मंसिर २०८१, सोमबार

जीवनराम ओसीएको कार्यकारी सदस्यमा निर्वाचित

blog

सदस्यमा निर्वाचित भएपछि जीवनराम श्रेष्ठ ।

काठमाडौँ, भदौ २४ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित हुनुभएको छ ।

भारतमा आइतबार भएको निर्वाचनमा उहाँ ओसिएको सदस्य पदमा निर्वाचित हुनुभएको हो । उहाँ ओसीएको स्पोर्ट्स एन्ड इन्भाइरोमेन्ट कमिटीको अध्यक्षमा पनि निर्वाचित हुनुभएको छ ।

ओसिएको ४४औँ साधारणसभाले अध्यक्षमा भारतका राजा रणधीर सिंह निर्वाचित हुनुभएको छ । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले साधारणसभामा निर्वाचन मण्डलको सदस्यको रूपमा भूमिका निर्वाह गर्नुभएको थियो ।