• २२ भदौ २०८१, शनिबार

दीपक र रमेशले सिड्नी म्याराथन दौडने

blog

काठमाडौँ, भदौ २२ गते । दीपक कुमार रञ्जित र रमेश शाक्य अस्ट्रेलियामा हुने सिड्नी म्याराथनमा दौडनु हुने भएको छ । सिड्नी म्याराथन सेप्टेम्बर १५ तारिखमा हुँदैछ । 

एथलेटिक्स परिवार नेपाल र बैकुन्ठ मानन्धर खेलकुद नेपालले दशरथ रङगशालामा आयोजित गरेको विदाइ कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलगायतले दुवै धावकलाई एक सष्फलताको शुभकामना दिनुभयो । 

दीपक र रमेश एथलेटिक्स परिवार, नेपालका उपाध्यक्ष पनि हुनुहुन्छ । यी दुवैले सिड्नी म्याराथनमा दौडेपछि थाइल्यान्डको बैंककमा हुने हाफ म्याराथनमा पनि सहभागिता जनाउनुहुनेछ । दीपक र रमेशले सिड्नीमा ५५वर्ष उमेर समुहमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

धावक दीपकले यसअघि, सिकागो म्याराथन, टोकियो म्याराथन, न्युयोर्क म्याराथन र बैंकक म्याराथन सफलताका साथ पूरा गरिसक्नुभएको छ । उहाँले यसै वर्ष बङगलादेशमा भएको साउथ एसियन खुल्ला भेट्रान्स ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिप ५००० मिटर दौडअन्तर्गत ५५ वर्ष उमेर समुहमा कास्य पदक जित्नुभएको थियो । 

लामो दुरीका भेटरान धावक रमेशले पनि आफ्नो उमेर समूहअन्तर्गत जापान एसियन च्याम्पियनीप र फ्रान्स वल्र्ड च्याम्पियनसिपमा छैटौं, ब्रुनाई अल्ट्रा दौडमा चौथो स्थन हासिल गरिसक्नुभएको छ । दुवै धावक आइतबार अस्ट्रेलिया प्रस्थान गर्नुहुनेछ ।