• २६ जेठ २०८२, सोमबार

दोस्रो मुसिकोट मेयर रनिङ्ग कप सुरु

blog

दोस्रो मुसिकोट मेयर रनिङ्ग कप प्रतियोगिता ।

टोपलाल अर्याल

रेसुङ्गा, जेठ २६ गते । दोस्रो मुसिकोट मेयर रनिङ्ग कप खुला अन्तर स्थानीय तह पुरुष भलिबल र भेट्रान्स ब्याटमिन्टन प्रतियोगीता मुसिकोट नगरपालिका–४ ग्वादीका चौरमा सुरु भएको छ । 

नगर खेलकुद विकास समिति मुसिकोटको आयोजनामा संचालित रनिङ्ग कपको मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल ‘जीवन’ ले उद्घाटन गर्नुभएको थियो ।

भलिबल प्रतियोगीतामा गुल्मी र बाग्लुङ्गका आठ तथा ब्याटमिन्टनमा गुल्मीसहित रूपन्देही र बाग्लुङ्गका ३५ समुहको सहभागीता रहेको छ ।

भलिबलमा विजेता र उपविजेतालाई क्रमश एक लाख ५१ हजार र एक लाख एक हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यावस्था गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो । 

त्यस्तै सेमीफाइनलमा जाने बाँकी दुई समुहलाई २५ हजारका दरले रकम उपलब्ध गराउने गिरीले बताउनुभयो । गिरीका अनुसार व्याटमिन्टनमा विजेतालाई १५ हजार र उपविजेतालाई १० हजार रुपियाँ उपलब्ध गराउने छ । 

भलिबलमा उत्कृष्ट स्काइकर, सेटर, डिफेन्डर, ब्लकर र कोचलाई सम्मान गरिने नगर खेलकुद विकास समिति मुसिकोटका अध्यक्ष सन्दिप क्षेत्रीले बताउनुभयो । गत वर्षको दोस्रो मुसिकोट मेयर रनिङ्ग कप गलकोट नगरपालिका प्राप्त गरेको थियो । 

ब्याटमिन्टन प्रतियोगीता भने पहिलो पटक आयोजना गरिएको क्षेत्रीले बताउनुभयो । दोस्रो मुसिकोट मेयर रनिङ्ग कपमा श्रीलङकामा भएको १८ वर्ष मुनिकाको काभा भलिबलमा सहभागी मुसिकोट–८ का सागर रसाइलीलाई २५ हजारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।

१५औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्राप्त गर्ने मुसिकोटका खेलाडीहरूलाई सम्मान गरिने नगर खेलकुल विकास समिति मुसिकोटका अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।