• २३ भदौ २०८१, आइतबार

हङ्गेरीमाथि जर्मनीको फराकिलो जित

blog

गोल गरेपछि जर्मनीका खेलाडी । तस्बिर : रोयटर्स

काठमाडौँ, भदौ २३ गते । जर्मनीले युइएफए नेसन्स लिगमा हङ्गेरीमाथि फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा जर्मनीले हङ्गेरीलाई ५–० गोलले हरायो । जर्मनीको जितमा निकोलस फ्युलक्रुगले २७औँ, मुसियालाले ५८औँ, फ्लोरियन विर्ट्जले ६६औँ, अलेक्जेन्डर पावलोभिचले ७७औँ र काई हाभर्ट्जले ८१ओँ मिनेटमा गोल गर्नुभयो । 

नेसन्स लिगकै अन्य खेलमा इङ्ग्ल्यान्डले आयरल्यान्डलाई २–०, नेदरल्यान्ड्सले बोस्निया एन्ड हर्जगोभिनालाई ५–२, अल्बानियाले युक्रेनलाई २–१ र ग्रिसले फिनल्यान्डलाई ३–० गोलले हराएको छ । एजेन्सी