• २३ भदौ २०८१, आइतबार

पलेशालाई कांग्रेसको पाँच लाखसहित सम्मान

blog

सम्मानित भएपछि सामूहिक तस्बिर खिचाउँदै खेलाडीलगायत ।

काठमाडौँ, भदौ २३ गते । पेरिस पारा ओलम्पिकका नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई नेपाली काँग्रेस पार्टीले पाँच लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ ।

पार्टी कार्यालय सानेमामा आइतबार आयोजित कार्यक्रमबिच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पलेशालाई पाँच लाख, प्रशिक्षक नेगी लामालाई एक लाख ५० हजार र पारा ओलम्पिकमा सहभागी अर्का खेलाडी भरतसिंह महतालाई ५० हजार रुपियाँ पुरस्कार र सम्मान पत्र प्रदान गर्नुभयो ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जित्नु भएको हो ।