ललितपुर–चन्द्रागिरि सम्पदा कार र्याली शनिबार
नेपाल मोटर स्पोर्ट्स एन्ड रोड सेफ्टि फेडेरेसन (एनएमआरएफ) को आयोजनामा शनिबार ललितपुर–चन्द्रागिरि सम्पदा कार र्याली हुने भएको छ ।
जुडो सङ्घमा फेरि दीपकहर्ष
जुडो सङ्घको छैटाैँ केन्द्रीय चुनावी साधारणसभाले दीपकहर्ष वज्राचार्यको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । उहाँ यसअघि पनि सङ्घको अध्यक्ष हुनुहुन्थ्यो ।
टोट्टनहामलाई हराउँदै सिटी शीर्षस्थानमा
साविक विजेता सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
राष्ट्रिय महिला टी–२० : एपिएफ एक खेल अगावै फाइनलमा
विभागीय टोली नेपाल एपिएफ क्लब ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साबिक विजेता एपिएफ एक खेल अगावै फाइनलमा पुगेको हो ।
टी–२० विश्वकप : अभ्यास खेलमा नेपाल विजयी
आइसिसी विश्वकप तयारीका लागि अमेरिकामा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेलमा जित निकालेको छ ।
टी–२० विश्वकपका लागि बङ्गलादेश टोलीको घोषणा
जुन १ तारिख देखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि बङ्गलादेशले खेलाडी टोलीको घोषणा गरेको छ ।
इभाना, स्यान्टु र संयोग सेमिफाइनलमा
इभाना थापा, स्यान्टु श्रेष्ठ र संयोग कपालीले पेरिस ओलम्पिकका लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनुभएको छ ।
नीति तथा कार्यक्रममा खेलकुद : प्राथमिकतामा पूर्वाधार निर्माण
सरकारले आगामी आर्थिक वर्षमा खेलकुदको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो ।
१०औँ राष्ट्रिय खेलकुद समयमै गरिने
सरकारले आगामी आर्थिक वर्षमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भएको छ ।
प्रिन्सलाई ओलम्पिकको राम्रो तयारी गर्न सुझाव
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट हुनुभएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बाँकी सयम राम्रो तयारी गर्न सुझाव दिनुभएको छ ।
अस्ट्रेलियामा निमालाई स्वर्ण
नेपालकी तेक्वान्दो खेलाडी निमा गुरुङले एनएसडब्लु खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ ।
नविता, इभाना र स्यान्टुको विजयी सुरुवात
पेरिस ओलम्पिक–२०२४ का लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगितामा नेपालका नविता श्रेष्ठ, इभाना थापा र स्यान्टु श्रेष्ठले विजयी सुरुवात गर्नुभएको छ ।
आर्मीका गजेन्द्र र पुलिसकी राममायालाई खोटाङ हाफम्याराथन उपाधि
खोटाङमा आयोजना गरिएको हाफम्याराथनको उपाधि पुरुषतर्फ नेपाल आर्मीका गजेन्द्र राई र महिलातर्फ पुलिसकी राममाया बुढाले जित्नुभएको छ ।
टी–२० विश्वकपका लागि नेदरल्यान्ड्सको टोली घोषणा
अमेरिका र वेस्ट इन्डिजका जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ ।
राष्ट्रिय महिला टी–२० : एपिएफको दोस्रो जित
साबिक विजेता नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपिएफले बागमती प्रदेशलाई आठ विकेटले हरायो ।
खेलाडीलाई उपचार सहयोग
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।
स्पोर्ट्स कनेक्टको तयारी पूरा
नेपाली खेल क्षेत्रको विकास गर्न सरोकारवाला निकायलाई एकै थलोमा उभ्याउने उद्देश्यले मङ्गलबारदेखि काठमाडौँमा ‘स्पोर्ट्स कनेक्ट’ सुरु हुँदैछ ।
सैनिक आवासीय च्याम्पियन
सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु–१६ अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ ।
टेबलटेनिसको ओलम्पिक छनोट तयारी पूरा
पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिसको अन्तिम छनोट प्रतियोगिता सोमबारदेखि नेपालमा हुँदैछ । मोहनदास बासुकलाको प्रशिक्षकत्वमा नेपालका चार खेलाडी संयोग कपाली, श्यान्टु श्रेष्ठ, नबिता श्रेष्ठ र इभाना थापाले पेरिस ओलम्पिकका चयन हुन प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
उसुमा पदक विजेतालाई सम्मान गरिने
चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपालले उसु महासङ्घले नगदसहित सम्मान गर्ने भएको छ ।
खेलकुदमा विषयगत समितिले गर्यो आठ निर्णय
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको विषयगत समितिको बैठकले विभिन्न आठ निर्णय गरेको छ ।
राष्ट्रिय महिला टी–२० : सुदूरपश्चिमको विजयी सुरुवात
सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले आयोजक ललितपुर मेयर–११ लाई डिएलएसका आधारमा १६ रनले हरायो ।
प्रिन्स ओलम्पिक खेल्ने पहिलो ब्याडमिन्टन खेलाडी बन्दै
नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गर्नुहुने भएको छ । विश्व ब्याडमिन्टन महासङ्घ (बिडब्लुएफ) का अनुसार प्रिन्सलाई युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा सहभागिताको मौका दिइएको हो ।
पौडीका पाँच खेलाडी र प्रशिक्षक सम्मानित
नेपालगन्ज स्वीमिङ्ग क्लबले बाँकेका पाँच जना पौडी खेलाडी र दुई जना पौडी प्रशिक्षकलाई सम्मान गरेको छ।