• १० मंसिर २०८१, सोमबार

सङ्कटाको पोस्टमा आर्मीको चार गोल

blog

आर्मी महिला फुटबल टोली । तस्बिर : एन्फा

काठमाडौँ, भदौ १९ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग फुटबलमा सङ्कटा क्लबमाथि सहज जित निकालेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा आर्मीले सङ्कटालाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा आर्मीलाई जिताउन सावित्रीदेवी मगरले १९औँ मिनेटमा गोलको खाता खोल्नुभयो । 

विमला चौधरीले ६१ र ७१औँ मिनेटमा व्यक्तिगत दुई गोल गर्नुभयो । ७६औँ मिनेटमा अनिता लाम्जेलले अर्को गोल थप्दै आर्मीलाई सजिल जिताउनुभयो । पहिलो पटक लिगमा डेब्यु गरेको सङ्कटाको गोल फर्काउने प्रयास सफल भएन । 

लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ । दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।