• १७ भदौ २०८१, सोमबार

लिभरपुलको सानदार जित

blog

गोल गरेपछि लिभरपुलका मोहम्मद सलाह । तस्बिर : रोयटर्स

काठमाडौँ, भदौ १७ गते । लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई उसैको मैदानमा ३–० गोलले हरायो । एकपक्षीय खेलमा लिभरपुललाई जिताउन लुइस डियाजले दुई गोल गर्नुभयो । अर्को गोल मोहम्मद सलाहले थप्नुभयो । 

डियाजले ३५औँ र ४२औँ मिनेटमा गोल गर्नुभयो । सलाहले ५६औँ मिनेटमा एक गोल थप्नुभएको थियो । लगातार तेस्रो जितसँगै नौ अङ्क बनाएको लिभरपुल दोस्रो स्थानमा छ । समान अङ्क बनाएको म्यानचेस्टर सिटी शीर्षस्थानमा छ । पराजित युनाइटेड तीन अङ्कसहित १४औँ स्थानमा छ । एजेन्सी