• २४ असार २०८२, मङ्गलबार

ल्हेन्दे खोलाको बाढी : उद्धार र राहतमा लाग्न कांग्रेसको आग्रह

blog

काठमाडौँ, असार २४ गते । नेपाली कांग्रेसले नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा आएको भीषण बाढीले गरेको जनधनको क्षतिले सबैलाई दुःखित र गम्भीर बनाएको जनाएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा तीन प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद भएको उल्लखे छ ।

नेपाल–चीन जोड्ने मितेरी पुल एवम् भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको छ । यो विपद्को समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नुपरेको र बेमौसमै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति बेहोर्नु परेको स्मरण गर्दै-स्मरण गराउँदै नेपाली कांग्रेस एक्यबद्ध ढङ्गले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तीनै तहको सरकारलाई आग्रह गर्दछ । नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपील गर्दछ ।