काठमाडौँ, असार २४ गते । स्रोत नखुलेको एक करोड ४४ लाख रकमसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं परिसरका सूचना अधिकारी अपीलराज बोहराका अनुसार बौद्धको एक घरमा डेरा लिएर बसेका चिनियाँ नगरिक ४० वर्षीय वाङ जियाङलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट एक करोड ४४ लाख नेपाली रुपियाँ बरामद गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्धसमेतबाट खटिएको टोलीले वाङलाई डेराबाट पक्राउ गरेको हो ।