• २४ असार २०८२, मङ्गलबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

प्रतिनिधिसभा बैठकमा उपस्थित प्रतिनिधि सभाका सदस्यहरू । फाइल तस्बिर

काठमाडौं, असार २४ गते । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुुहुनेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।