क्रिकेट टोली श्रीलङ्का प्रस्थान
आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली आइतबार श्रीलङ्का प्रस्थान गरेको छ ।
वेस्टहामलाई हराउँदै सिटी शीर्षस्थानमा
वेस्टहाम युनाइटेडलाई हराउँर्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सिटीले वेस्टहामलाई उसैको मैदानमा ३–१ गोलले हरायो ।
रियल भालाडोलिडको पोस्टमा बार्सिलोनाको सात गोल
स्पेनिस पावर हाउस बार्सिलोनाले रियल भालाडोलिडको पोस्टमा गोल वर्षा गरेको छ । ला लिगा अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ७–० गोलले हरायो ।
सुदेश र स्वरिनलाई सटल टाईम ब्याडमिन्टन उपाधि
नेपाल सटल टाईम मिनी ब्याडमिन्टन प्रतिचयोगितामा यु–१५ पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटी र महिलातर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिना श्रेष्ठले उपाधि जित्नुभएको छ ।
गल्याङ प्रिमियर लिग क्रिकेट : प्ले अफको समीकरण पुरा
स्याङ्जाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को प्ले अफ समीकरण पुरा भएको छ। गल्याङ क्रिकेट सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा गल्याङ ब्लास्टर, गल्याङ ईगल, रोयल च्यालेन्जर्स गल्याङ र गल्याङ युनाइटेड प्ले अफमा पुगेका हुन् ।
पाँचौँ पुलचोक कपको उपाधि रिडर्सलाई
पाँचौँ पुलचोक कप–२०८१ अन्तर्गतको छात्रा फुटबल प्रतियोगिताको उपाधि रिडर्स पब्लिक हाइस्कुलले जितेको छ ।
अध्यक्ष प्रचण्डद्वारा नेपालगन्ज रङ्गशालाको अवलोकन
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान नेपालगन्ज रङ्गशालाको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले नेपालगन्ज रङ्गशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
आजदेखि एन्फा महिला लिग
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शनिबार एन्फा महिला लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एन्फाको आयोजनामा हुने प्रतियोगिता आइतबार सुरु हुने छ । एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशले सहभागिता जनाउने छन् ।
बिबिसी तेह्रथुमलाई गोल्डकप उपाधि
तेह्रथुमको म्याङलुङमा आयोजित सहिद नेत्र गुराँगाई स्मृती गोल्डकपको उपाधि बिबिसी तेह्रथुमले हात पारेको छ ।
पलेशाले ६५ लाख रुपियाँ पुरस्कार पाउने
परेसि पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले नेपाल सरकारबाट ६५ लाख रुपियाँ पुरस्कार पाउनुहुनेछ ।
एन्फा महिला लिगमा १० टोली
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा एन्फा महिला लिग आइतबारदेखि सुरु हुने भएको छ ।
टी–२० विश्वकप टोलीलाई जनही तीन लाख
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हालै अमेरिका र वेस्टइन्डिजमा भएको आइसिसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार प्रदान गर्ने भएको छ ।
विश्वकप लिग–२ : क्रिकेट टोलीको अभ्यास श्रीलङ्कामा
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारी श्रीलङ्कामा गर्ने भएको छ ।
एनपिएल फ्रेन्चाइज टोली सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोलीकोे नाम सार्वजनिक गरेको छ ।
छात्रा खेलाडीमा बढ्दै फुटबल मोह
गुल्मीमा छात्राहरूको फुटबल मोह बढ्दैगएको छ । तम्घासस्थित पुलचोक स्पोटर्स क्लबले विशेष गरी आफ्नो वार्षिकोत्सवको अवसरमा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१० सम्म) को छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्दैआएको छ ।
दसौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ: प्रचण्ड
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राख्नुभएको हो ।
एनपिएलमा आठ टिम
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ फ्रेन्चाइ टिमलाई सहभागिता गराउने भएको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । क्यानको महìवकाङ्क्षी प्रतियोगिता एनपिएल मङ्सिर १५ देखि पुस ६ सम्म काठमाडौँमा हुने तय भइसकेको छ । क्यानले एनपिएलको लोगो पनि सार्वजनिक गरिसकेको छ ।
उत्कृष्ट खेलाडीलाई कार उपहार
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले वर्षका उत्कृष्ट महिला र पुरुष खेलाडीको घोषणा गरी प्रोत्साहनस्वरूप कार प्रदान गर्ने निर्णय गरेको छ । खेलाडी, प्रशिक्षक र रेफ्री सम्मा
पारालिम्पिकः पलेशालाई कांस्य पदक
पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी हुन् ।
टेबलटेनिसमा सार्थकलाई स्वर्ण
बृहस्पति विद्यासदनका सार्थक मानन्धरले केकेएम–एनआरटी अन्तरविद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ छात्र एकलमा स्वर्ण जित्नुभएको छ ।
खेलकुद परिषद् ६१ वर्षमा प्रवेश
राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिक उत्सव मनाइएको छ ।
पारा ओलम्पिक : भरत पहिलो खेलमै पराजित
नेपालका तेक्वान्दो खेलाडी भरतसिंह महता पेरिस पारा ओलम्पिकको पहिलो चरणमै पराजित हुनुभएको छ ।
आरजु राइस गोल्डकप असोजमा
एलएक्ससिटी फुटबल क्लब बेलबारी मोरङको आयोजनामा आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करण असोज ११ गते देखि हुने भएको छ ।
पारसले गुजरातबाट लिजेन्ड्स लिग खेल्ने
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव एवं राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले गुजरात जायन्ट्सबाट लिजेन्ड्स लिग क्रिकेट खेल्ने हुनुभएको छ ।