• १६ भदौ २०८१, आइतबार

आरजु राइस गोल्डकप असोजमा

blog

प्रतियोगिता बारे जानकारी दिँर्दै आयोजक ।

हरि कोइराला 

उर्लाबारी, भदौ १३ गते । एलएक्ससिटी फुटबल क्लब बेलबारी मोरङको आयोजनामा आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करण असोज ११ गते देखि हुने भएको छ ।

बेलबारी ११ को लक्ष्मी खेलमैदानमा हुने प्रतियोगितामा धनकुटाको राजारानी फुटबल क्लब, भोजपुर फुटबल क्लब भोजपुर, सहलेस फुटबल क्लब सिराहा, झापा ११, आयोजक एलएक्ससिटी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै गत वर्षको विजेता बिग्रेड ब्वाईज, चर्च ब्वाइज  क्लब काठमाडौँ, रुपन्देही ११ बुटवल, नेपाल पुलिस क्लब काठमाडौँ र एउटा विदेशी टिमले भाग लिनेछन् । विदेशी टिम निश्चित भएको छैन ।

भुटान, सिक्किम र पश्चिम बङ्गालसँग कुरा भइरहेको छ, क्लबका अध्यक्ष विक्रम राईले भन्नुभयो । क्लबले पहिलो पटक १० टिमलाई सहभागी गराउन लागेको बताउँदै अध्यक्ष राईले बाइबाई, कोकाकोला, आरजु राइमिल र लाहुरे ट्रेनिङ सेन्टर धरानले खेलमा प्रायोजन गर्ने बताउनुभयो ।

आर्थिक संयोजक एवम् क्लबका महासचिव शम्भु बस्नेतका अनुसार प्रतियोगिता आयोजना गर्न ३ सदस्यीय आर्थिक समिति र उत्तम राईको संयोजकत्वमा चार सदस्यीय खेल व्यवस्थापन समिति गठन गरिएको छ । 

प्रतियोगिताका विजेताले ८ लाख नगद सहित रनिङ गोल्डकप र उप विजेताले चार लाख रुपियाँसहित शिल्ड प्राप्त गर्नेछन् । यसै वर्ष देखि क्लबले आठ लाख रुपियाँको चाँदी र सुन जडित गोल्डकप तयार गरेको छ ।

प्रतियोगिता आयोजना गर्न ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रायोजक, नगरपालिका र टिकटबाट ७० लाख रुपियाँ सङ्कलन हुने अनुमान गरिएको छ ।