• १३ भदौ २०८१, बिहिबार

टेबलटेनिसमा सार्थकलाई स्वर्ण

blog

काठमाडौँ, भदौ १३ गते । बृहस्पति विद्यासदनका सार्थक मानन्धरले केकेएम–एनआरटी अन्तरविद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ छात्र एकलमा स्वर्ण जित्नुभएको छ । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार भएको फाइनल खेलमा सार्थकले आदर्श विद्यामन्दिर (एभीएम) का प्रजिल भट्टराईलाई १२–१०, ११–४, १५–१७, ४–१२ को सेटमा पराजित गर्नुभयो । 

एभरेष्टका आर्यन शाही र एभीएमका सुप्रिन्स महर्जन तेस्रो हुनुभयो । भदौ ११ गतेदेखि सुरु भएको तीन दिने प्रतियोगितामा देशभरका ४३ विद्यालयका एक सय ९२ खेलाडीको सहभागिता रहेको थियो । 

प्रतियोगितामा सहभागी खेलाडीले छात्र र छात्राको टिम, यु–१६ छात्र र छात्रा एकल तथा यु–१२ छात्र र छात्रा एकल गरी ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । एनआरटीले ग्रासरुट स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्तरको प्रतियोगिता आयोजना गरेको हो ।