• १६ भदौ २०८१, आइतबार

वेस्टहामलाई हराउँदै सिटी शीर्षस्थानमा

blog

बल अगाडि बढाउँदै म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड । तस्बिर : रोयर्टस

काठमाडौँ, भदौ १६ गते । वेस्टहाम युनाइटेडलाई हराउँर्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सिटीले वेस्टहामलाई उसैको मैदानमा ३–१ गोलले हरायो । 

सिटीको जितमा एर्लिङ हालान्डले ह्याट्रिक गर्नुभयो । उहाँले १०औँ, ३०औँ र ८३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको हो । वेस्टहामले १९औँ मिनेटमा सिटीबाट आत्मघाती गाेल उपहार पाएको थियो । 

लगातार तेस्रो जितसँगै नौ अङ्क बनाएको सिटी तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पराजित वेस्टहाम तीन अङ्कसहित १४औँ स्थानमा छ । अन्य खेलमा ब्रेन्टफोर्डले साउथह्याम्पटोनलाई ३–१ र वर्नमाउथले एभर्टनलाई ३–२ गोलले पराजित गरेको छ । एजेन्सी