• १६ भदौ २०८१, आइतबार

एनपिएल फ्रेन्चाइज टोली सार्वजनिक

blog

काठमाडौँ, भदौ १५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोलीकोे नाम सार्वजनिक गरेको छ ।

क्यान कार्यसमितिको बैठकले आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने लिगमा सहभागी टोलीको नाम तय गरेको हो । क्यानका अनुसार लिगमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले सहभागिता जनाउने छन् ।

क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी दिएको थियो । तर उक्त लिग खेल मिलेमतो र आर्थिक अनियमितिता लगायत विषयमा विवादित बनेपछि क्यानले त्यसलाई रद्ध गरेर आफै एनपिएल आयोजना गर्ने निर्णय गरेको हो । 

क्यानले विगतबाट शिक्षा लिएर एनपिएललाई भारतमा हुने फ्रेन्चाइज लिग आइपिएल जस्तै चर्चित ब्रान्ड बनाउने दाबी पनि गरेको छ ।