• ६ वैशाख २०८२, शनिबार

चुनकुमारी दाहाल हत्या प्रकरण

पारिवारिक मनमुटावको कारण श्रीमानको मिलेमतोमा श्रीमतीको हत्या

blog

निशा राई 

धरान, वैशाख ४ गते। धरान उपमहानगरपालिका–६ स्थित पाचकन्या सामुदायिक वनमा मृत्त भेटिएकी धनकुटा महालक्ष्मी नगरपालिकाकी ३४ वर्षीया चुनकुमारी दाहालकाको हत्याको संलग्नमा ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

उक्त घट्नाको प्रविधिको उच्चतम प्रयोग गरी अनुसन्धान गर्ने क्रममा मृतक चुन कुमारी दाहाललाई निजको श्रीमान प्रेमबहादुर बुढाथोकीको मुख्य योजना र निर्देशन बमोजिम अन्य ५ जना मानिसको सहयोगमा चुनकुमारी बुढाथोकीलाई कर्तव्य गरी मारेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

प्रकाउ पर्नेमा मृत्तक श्रीमान प्रेमबहादुर बुढाथोकी, मोरङ पथरी शनिश्चरे नगरपालिका वडा ३ संगम चोक बस्ने वर्ष २९ को ढकेन्द्र बुढाथोकी, निजको श्रीमती वर्ष २५ की सृष्टी बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं.७ लुमाङदिङ घर भई मोरङ उर्लाबारी नगरपालिका वडा नं. ५ फागुटोल बस्ने वर्ष ३६ को योगेन्द्र गौतम,  वर्ष २८ की डेनु गौतम, भारतीय नागरिक आसाम खकन वस्ती बस्ने वर्ष ३५ को राजु थापा मगर, मोरङ पथरी शनिश्चरे नगरपालिका ३ बस्ने वर्ष ४० को केशवराज दाहाललाई ज्यान सम्बन्धी कसुरमा प्रकाउ गरेको प्रवक्ता दुर्गा दाहालले बताउनुभयो।भारतीय नागरिक थापा भने फरार रहेको उहाँले जानकारी दिनुभयो। 

घटनामा प्रयोग भएको प्रदेश १–०२–०४३ प ६८६२ नम्बरको १५० सिसिको पल्सार मोटरसाइकल, मधेश प्रदेश ०३–०२६ प ७१४४ नम्बरको मोटरसाइकल, प्रदेश १–०२–००४४ प १०५९ नम्बरको मोटरसाइकल बरामद गरेका पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक दिवस कुँवरले जनाकारी दिनुभयो।

मृतक दाहालको गत चैत २५ गते धरान–६ पाँचकन्या सामुदायिक वनमा नामथर वतन नखुलेको अवस्थामा उक्त वनको भित्री भागमा रहेको रुखको फेदमा झोलाको जस्तो देखिने फित्ता घाँटीमा बेरिएको अवस्थामा मृत लाश फेला परेको भन्ने स्थानीय गाई वस्तु चराउन गएका स्थानीय मानिसबाट सूचना प्राप्त भएको ईलाका प्रहरी कार्यालय धरानको प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताउनुभयो।

मृतकको कम्मरदेखि मुनिको भागको लुगा फुकालिएको अर्धनग्न अवस्थामा झोलाको फिता घाँटीमा बाँधी रुखको फेटको हाँगामा बाधिएको शंकास्पद अवस्थामा लाश फेला परेको उहाँले बताउनुभयो।

हालसम्मको अनुसन्धानबाट खुले अनुसार घटनाको मुख्य कारण श्रीमान श्रीमती बिच मनमुटाव, श्रीमान वैदेशिक रोजगारको शिलशिलामा कोरियामा रहँदै आउकोले श्रीमती अर्कैसँग लागेको शंका गरेको र मृतक महिलालाई  डिर्भोस माग्दा डिभोर्स दिन नमानेपछि हत्याको योजना बनाएको अनुसन्धानको क्रममा देखिएको प्रहरी उपरीक्षक तिम्सीनाले बताउनुभयो।