• ६ वैशाख २०८२, शनिबार

साविक विजेता रियल च्याम्पियन्स लिगबाट बाहिरियो

blog

बल खोस्ने प्रयास गर्दै रियल र आर्सनलका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, वैशाख ५४ गते । साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

बुधबार राति सान्तियागो बर्नाबेउनमा भएको खेलमा रियल लन्डन क्लब आर्सनलसँग २–१ गोलले पराजित भयो । पहिलो लेगमा ३–० गोलको अग्रता लिएको आर्सनलले समग्रमा ५–१ गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो । 

आर्सनलको जितमा बुकायो साका र गाब्रियल मार्टिनेलीले गोल गर्नुभयो । रियलका भिनिसियस जुनियरले गोल गरेपनि टोलीको हार टरेन । हारसँगै सर्वाधिक १५ पटकको विजेता टोली रियललाई नमिठो धक्का लागेको छ ।

विजेता आर्सनलले फाइनल प्रवेशका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग खेल्नेछ । आर्सनल सन् २००९ पछि सेमिफाइनलमा प्रवेश गरेको हो ।

यस्तै अर्को खेलमा जर्मन महारथि बायर्न म्युनिखलाई समग्रमा ४–३ गोलले हराउँदै इटालियन क्लब इन्टर मिलान अन्तिम चारमा पुगेको छ । बुधबार राति इन्टरको घरेलु मैदानमा भएको खेलमा बायर्न २–२ गोलको बराबरीमा रोकिएको हो ।

यसअघि पहिलो लेगमा इन्टर २–१ ले विजयी भएको थियो । इन्टरले फाइनल प्रवेशको लागि स्पेनिस महारथि बार्सिलोनासँग खेल्नेछ । एजेन्सी