• ३ पुस २०८२, बिहिबार

जबसम्म तीन तहको सरकारबिच समन्वय नभएसम्म परिणाम आउँदैन – सुशील ज्ञवाली

blog

लगानी बोर्डका प्रमुख कार्यकरी अधिकृत सुशील ज्ञवाली

काठमाडौँ, पुस ३ गते । लगानी बोर्डका प्रमुख कार्यकरी अधिकृत सुशील ज्ञवालीले जबसम्म तीन तहको सरकारबिच योजना प्रणालीमा समन्वयन हुँदैन तबसम्म सकारातमक परिणाम नआउने बताउनुभएको छ । 

‘दी राइजिङ नेपाल’ ६१ वर्ष प्रवेशको अवसरमा गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार ललितपुरमा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ मा उहाँले सो कुरा बताउनुभयो । 

उहाँले स्थानीय तह, सङ्घ र प्रदेश सरकारबिच खासगरी योजना प्रणालीमा सहकार्य एवम् समन्वय भएको अवस्थामा प्रतिफल लक्षित वर्गसम्म पुग्ने भनाइ राख्नुभयो । 

उहाँले भन्नुभयो, “समाधानको हिसाबले हेर्दाखेरी चाहिँ प्लानिङमा रिभाइभल । त्यो भनेको तीन वटै तहको सरकारबिचको कम्प्लिमेन्ट हुने गरी गर्ने प्लानिङ अत्यन्त महत्त्वपूर्ण छ । जबसम्म त्यो गर्न सकिँदैन । तबसम्म विकासको प्रतिफल लक्षित ठाउँमा पुग्ने अवस्था बन्दैन ।”


उहाँले तीन तहको सरकारको आ–आफ्नो जिम्मेवारी रहेका कारण यी सबै सरकारको कार्यविभाजनको टुङ्गो लाग्नुपर्ने बताउनुभयो ।