• ३ पुस २०८२, बिहिबार

गोरखापत्र डिसकोर्स – ‘कस्तो मनोबल ?’ शीर्षकमा बहस

blog

दोश्रो चरण

काठमाडौँ, पुस ३ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभएको कार्यक्रममा अहिले ‘कस्तो मनोबल ?’ शीर्षकमा बहस भएको हो । 

बहसमा नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली,  फोर्ब्स ३० अन्डर ३० अर्बान गर्ल निकिता आचार्य, एनसेल निर्देशक डिल्लीराम श्रेष्ठ सहभागी हुनुभयो । यो बहसको सहजिकरण विश्वास रेग्मीले गर्नुभयो ।