• ६ वैशाख २०८२, शनिबार

पूर्व वडाध्यक्ष शाहले गरे आत्महत्या

blog

घोडाघोडी नगरपालिका वडा नम्बर ९ का निवर्तमान वडाध्यक्ष स्व. कृष्णबहादुर शाह ।

चाँदनी आचार्य
घोडाघोडी (कैलाली), वैशाख ४ गते ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का पूर्व वडाध्यक्ष कृष्णबहादुर शाहले आत्महत्या गर्नुभएको छ । बिहीबार दिउँसो विष सेवन गरी गम्भीर अवस्थामा भेटिएका उहाँको घोडाघोडी अस्पतालमा निधन भएको हो ।

दिउँसो  १  बजे घोडाघोडी नगरपालिका ९ को सिमली खोला नजिकै विष सेवन गरेको अवस्थामा शाह फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले जानकारी दिनुभयो ।

शाह घरबाट हराएको भनी इलाका प्रहरी कार्यालय सुखडलाई जानकारी आएपछि प्रहरी निरीक्षक साउँदको टोली खोजी कार्यका लागि शाहको घरमा पुगेको थियो ।

घरमा काम छ भनेर निस्केका शाहलाई गाउँलेले जङ्गल तिर गएको प्रहरीलाई जनाएपछि प्रहरीले सिमली जङ्गलमा शाहलाई बेहोस अवस्थामा फेला पारेको जनाइएको छ । शाह भेटिएको नजिकै विष सेवनको बोतल समेत फेला परेको प्रहरी निरीक्षक साउँदले जानकारी दिनुभयो ।

२०७४ सालको स्थानीय चुनावमा नेकपा (एमाले)बाट शाहले वडाध्यक्षमा विजयी हुनुभएको थियो । उहाँ एमाले घोडाघोडी नगर कमिटी उपाध्यक्ष समेत हुनुहुन्छ ।