जिल्ला अस्पताललाई कम्बल सहयोग
उपचारका क्रममा भर्ना भएका बिरामीहरुको सहजताका लागि कम्बल र तन्ना जिल्ला अस्पताललाई कम्बल सहयोग हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसनिकट स्कुल अफ डेमोक्रेसी, अछामले तातो कम्बल र तन्ना सहयोग गरेको हो ।
नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा ८६ जनाको मृत्यु
नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या बढेर ८६ पुगेको छ । साठी हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर शनिबार देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।
‘अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश ल्याउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
महांकाल गाउँपालिका उपाध्यक्षलाई अन्तर्राष्ट्रिय पुरस्कार
ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुनुभएको छ।
फोनिजको तेस्रो प्रदेश महाधिवेशनमा पाँच जना सम्मानित
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो प्रदेश महाधिवेशन उद्घाटन समारोहमा पाँच जना अग्रज फोनिजकर्मीलाई सम्मान गरिएको छ।
समृद्धिको पक्षमा कलम चलाउन आग्रह
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरु निरुपण गर्नेगरी कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको पूर्ण बैठकमा आज उहाँले सो आग्रह गर्नुभएको हो ।
खो खो विश्वकप : महिलामा नेपाल उपविजेता
नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आयोजक भारतसँग ७८–४० ले पराजित भयो ।
बसबाट खसेर सहचालकको मृत्यु
पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ ।
विद्यार्थीलाई न्यानो कपडा वितरण
जाडो बढेपछि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तुलसिपुर उपमहानगरपालिका वडा १९ कार्यालयले वडाभित्रका चारवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छटपटी मात्र हो : उपमहासचिव ज्ञवाली
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार सङ्कटमा प¥यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीलाई छटपटी मात्र भएको बताउनुभएको छ।
पहिलो पटक ह्वीलचियर टेनिस
नेपालमा पहिलो पटक ह्विलचियर टेनिस खेलको प्रतियागिता सम्पन्न भएको छ ।
अस्थिरता अन्त्यका लागि ठुला दल मिल्यौं : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अस्थिरता अन्त्यका लागि ठूला दुई दल मिल्नुपरेको बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाको आयोजनामा भएको जराकेन्द्रित अभियानको उदघाटन गर्दै महासचिब पोखरेलले सो कुरा बताउनुभएको हो ।
वालिङमाथि आर्मीको सनसनीपूर्ण जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिकाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ ।
राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खारेज
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक लगाउन माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले आज उक्त रिट खारेज गर्ने फैसला गरेको हो।
कांग्रेसलाई बलियो बनाउन प्रवासी नेपालीको ठूलो भूमिका छ : प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलो भूमिका रहेको बताउनुभएको छ।
विपन्न परिवारलाई सिरक वितरण
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले आइतबार चन्द्रनगर गाउँपालिका –३ र ४ का ५५ दलित विपन्न परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।
बजेट वक्तव्य संशोधन गर्न प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
मधेश प्रदेश सभाको बसेको बैठकले सङ्कल्प प्रस्ताव बहुमतबाट पारित गरेको छ। प्रदेश सभाको चौथो अधिवेशनको आइतबार बसेको सातौ बैठकले मधेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव पारित गरेको हो।
गोली लागेर एकको मृत्यु, दुई पक्राउ
दाङमा गोली लागेर साथीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दङ्गिशरण गाउँपालिका –२ कौवाघारी निवासी २५ बर्षीय प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा सोही ठाउँनिवासी २२ बर्षीय छविलाल डांँगी र २७ बर्षीय पुष्पलाल बस्नेतलाई पक्राउ गरेको हो ।
डा. थापाको तन्त्र र मन्त्र विज्ञान हिन्दी भाषामा
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाद्वारा लिखित तन्त्र विज्ञान र मन्त्र विज्ञान पुस्तक हिन्दी भाषामा अनुवाद भएको छ।
सुनसरीमा हिसान स्पोर्टस् मिटको तयारी
सुनसरीका नीजि विद्यालय तथा उच्च शिक्षालयको छाता सङ्गठन हिसान सुनसरीको आयोजनामा माघ १३ गतेबाट इटहरीमा हुने हिसान स्पोर्टस् मिटको तयारी अन्तिम चरणमा पुगेको छ ।
स्कुल र क्याम्पसका बस ट्राफिक कारबाहीमा
जिल्लाका स्कुल र क्याम्पसले सञ्चालन गरेका ५० प्रतिशत बस ट्राफिक कारबाहीमा परेका छन् । स्कुल र बसमा धेरै गुनासो आएपछि चेकजाँचलाई तिब्रता दिएको ट्राफिक प्रहरीले मापदण्ड नपुगेको भन्दै कारवाही गरेको हो ।
अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताउनुभएको छ ।
प्रधानमन्त्री कप : मधेश २५ रनमै अलआउट
मधेश प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा २५ रनमै अलआउट भएको छ ।
बाँकेमा मेयर कप फुटबल प्रतियोगिताको तयारी
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गते देखि हुने भएको छ ।