पर्यटन कूटनीतिमा पोखरा महानगरपालिका
पर्यटनको राजधानी पोखराले विश्व बजारमा आफूलाई स्थापित गराउन पर्यटन कूटनीतिलाई अगाडि बढाएको छ। पोखरा भ्रमण वर्ष घोषणा गर्दै महानगरले सो अभियानलाई तिव्रता दिएको हो। पोखराको हावा, पानी, प्रकृति र संस्कृतिसँग मेल खाने मात्र नभई पर्यटनमा समेत समानताको दृष्टिकोणसँग मेलखाने मित्रराष्ट्रका सहरसँग पोखराले कूटनीतिक सम्बन्ध स्थापित गर्दै आएको छ।
प्रहरी सहायक निरीक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा
जिल्ला प्रहरी कार्यालय, सिन्धुली सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार गिरी भनिने कुमार गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको ओरोपपत्र दायर भएको छ।
गण्डकी प्रदेशमा थप चार दिन सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले आउने वर्ष थप चार दिन सार्वजनिक बिदा दिने भएको छ। विक्रम संवत् २०८२ मा नेपाल सरकारले निर्णय गरेकाबाहेक चार दिन बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
सरस्वतीलाई टुसालको झट्का
सरस्वती युथ क्लबलाई सहिद स्मारक‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबको झट्का लागेको छ ।
गुल्मीमा रेडक्रसको नयाँ नेतृत्व
नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। शनिबार जिल्लाको सदरमुकाम तम्घासमा भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको ४१ औं साधारण सभाको अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो।
श्रीमतीको हत्या आरोपित सार्वजनिक
श्रीमतीको हत्या आरोपित २५ वर्षीय उमेश गिरीलाई प्रहरीले सार्वजनिक गरेको छ। गिरीविरुद्ध १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरेर गाँडेको आरोप छ।
डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरी छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गर्नुभएको छ।
नापी कार्यालयको डिजिटल बोर्डमा ‘प्रमिलालाई माया गर्छु..’
रुकुमपश्चिमको एक कार्यालयको डिजिटल बोर्डमा ‘प्रमिला म तिमीलाई माया गर्छु, साँच्चै माया गर्छु’ लेखिएको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चित भएको छ।
गाउँ पसेको पाटेबाघ नियन्त्रणमा
कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ।
राष्ट्रियसभाको बैठकको समय परिवर्तन
आइतबार राष्ट्रिय सभाको बैठकका लागि तोकिएको समय परिवर्तन भएको छ ।
कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ।
प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित
प्रतिनिधिसभाको आजको केही समयका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले अघिल्ला बैठक जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गर्नुभयो ।
ढकमक्क बगमबेली
दाङको घोराही उपमहानगरपालिका (१ स्थित सिमलतारामा रहेको फूलबारी कटेज परिसरमा ढकमक्क फुलेको बगमबेली फूल ।
केबुलकार निर्माण यथास्थितिमा राख्न सर्वोच्चको आदेश
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा केबुलकार निर्माण भइरहेको कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरू यथास्थितिमा राख्न आदेश दिएको हो ।
कालोपट्टी बाँधेर पत्रकार हत्या र आक्रमणको विरोध
गत शुक्रबर काठमाडौँस्थित तीनकुनेमा भएको एभिन्यूजकर्मी सुरेश रजक हत्या र सञ्चार गृहमाथिको आक्रमणका विरोधमा रामेछापको पत्रकार कालोपट्टी बाँधेर कार्यस्थलमा खटिएका छन् ।
विश्व बैँकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने
विश्व बैँकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलव्ध गराउने भएको छ । विश्व बैँकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल बिस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो ।
उपकुलपतिले राजीनामा दिनुभएको औपचारिक जानकारी आएको छैन : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले राजीनामा दिनुभएको खबर मिडियाबाट थाहा पाए पनि आफूलाई आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभएको छ ।
बागलुङ उद्योग वाणिज्य सङ्घमा शाक्य
बागलुङ उद्योग वाणिज्य सङ्घको १९ औ महाधिवेशनबाट अध्यक्षमा राजनकुमार शाक्य निर्वाचित हुनुभएको छ । आइतबार बिहान सार्वजनिक भएको मत परिणामअनुसार प्रतिद्वन्द्वी उमाकान्त शर्मा ‘बाबु’ लाई १२५ मतअन्तरले पराजित गर्दै शाक्य निर्वाचित हुनुभएको हो ।
म्यान्मारको भूकम्प पीडितलाई बेलायतद्वारा एक करोड पाउन्ड दिने घोषणा
बेलायतले म्यान्मारका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गर्नुभएको छ ।
स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ ।
शिक्षा ऐन चाहियो–महासङ्घ : सकारात्मक छौं–शिक्षा मन्त्रालय
नेपाल शिक्षक महासङ्घले विद्यार्थी, शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारीका लागि निरन्तर दबाबमूलक सङ्घर्षका कार्यक्रम गर्दै आएको छ ।
तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गर्नुभएको छ ।
म्यान्मारमा ’कू’ विरोधी समूहद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आंशिक युद्धविरामको घोषणा
म्यान्मारमा शक्तिशाली भूकम्पका कारण उद्धार कार्य र अन्य राहत कार्यमा सहयोग पुर्याउन यहाँको एक सशस्त्र विद्रोही समूहले आइतबारदेखि लागु हुने गरी दुई साताका लागि आंशिक युद्धविरामको घोषणा गरेको छ ।