ईदले सदभाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले
काठमाडौँ, चैत १८ गते । सभामुख देवराज घिमिरे ईद उल फित्रले सबै नेपालीबीच सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् भन्ने कामना गर्नुभएको छ । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान् पर्व ईद ९ईद उल फित्र० को अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख घिमिरेले यस्ता चाडपर्वले आपसी एकता, मेलमिलाप र धार्मिक सहिष्णुतालाई अझ सशक्त बनाउने विश्वास लिएको सन्देशमा उल्लेख छ । “रमजान महिनाभरको उपवास, आध्यात्मिक शुद्धता, आत्मसंयम र परोपकारको अभ्यासपछि आउने यो महान् पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस्”, सन्देशमा भनिएको छ, “पारस्परिक सद्भाव र भाइचारालाई प्रवद्र्धन गर्दै ईदले सबै नेपालीलाई सुदृढ राष्ट्रिय एकताको भावनामा जोड्ने विश्वास लिएको छु ।”यो पर्व इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण चाड हो । यस पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।“नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको देश हो, नेपालको संविधानले सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरेको छ”, सन्देशमा भनिएको छ, “यो संवैधानिक व्यवस्थाले सबै नागरिकलाई आ–आफ्नो धार्मिक एवं सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने अधिकार प्रदान गरेको छ ।”
ज्ञान उत्पादन परम्पराको सङ्कुचन
ज्ञान उत्पादन अविछिन्न चलिरहने प्रक्रिया हो ।
तीन करोड लिएर ठेकेदार फरार, आठ वर्षदेखि पुल अलपत्र
मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटरेबल पुल निर्माण कम्पनीका ठेकेदार तीन करोड भन्दा बढी रकम लिएर फरार हुँदा आठ वर्षदेखि पुल अलपत्र परेको छ । २०७३ सालदेखि सुरु भएको सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरे बल पुल दशक बित्दा समेत अलपत्र हुँदा स्थानीयवासीले सास्ती खेप्न बाध्य छन् ।
उत्पादनशील अर्थतन्त्र जनचाहना
विसं २१०० सम्ममा नेपाललाई उच्च आय भएको मुलुकमा पुर्याइ ‘समृद्ध नेपाल, खुसी नेपाली’ को साझा राट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन सोचसहित तयार गरिएको पन्ध्रौँ योजनाको अवधि सकिएसँगै आर्थिक वर्ष २०८१/८२ बाट सोह्रौँ योजनासमेत कार्यान्वयनमा आइसकेको छ ।
पानीमा घट्दो जीवन
२०८१ साल चैत ९ गते शनिबार अर्थात् मार्च २१ का दिन एउटा सनसनीपूर्ण अध्ययन प्रतिवेदन सार्वजनिक भयो । चिनियाँ समाचार समिति सिन्ह्वाद्वारा सार्वजनिक एक अध्ययन प्रतिवेदनले विश्वका ८३ प्रतिशत तालको सतहमा अक्सिजनको मात्रा घट्दै गएको छ ।
नयाँ संवत्सर सुरु
प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर सुरु हुन्छ । आइतवार बिहानदेखि ‘सिद्धार्थी’ नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नेपाल फर्काइए पुरातात्त्विक सम्पदा
नेपाल प्राचीन कालदेखि सांस्कृतिक कलाकृतिका दृष्टिले समृद्ध छ ।
त्रिशूलीदेवी मन्दिर खुला
जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूलीदेवीको मन्दिर चैतेदसैँका लागि आइतबारदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।
खट जुधाउँदै सकियो ‘पाँहाचह्रे’
नेवार समुदायको चाड अन्तर्गत पाँहाचह्रेको तेस्रो दिन तथा अन्तिम दिन असन जात्रा (न्हि जात्रा) धुमधामसाथ मनाइएको छ ।
उद्योगको स्थायी विकासबाट आर्थिक उपलब्धि
औद्योगिक क्षेत्रको दिगो विकासबिना नेपालले आर्थिक उपलब्धि हासिल गर्न नसक्ने धारणा अर्थ विज्ञहरूले व्यक्त गर्नुभएको छ ।
रैथाने बालीलाई प्राथमिकता
हुम्ला जिल्लामा कृषि क्षेत्रमा काम गर्ने सरकारी निकायले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा स्थानीय रैथाने बालीलाई उच्च प्राथमिकतामा राख्ने भएका छन् ।
कर्णालीको साठी प्रतिशत माटोमा अम्लीयपन
बढ्दो रासायनिक विषादीको प्रयोगका कारण कर्णाली प्रदेशका ६० प्रतिशत माटोमा अम्लीयपन देखा परेको छ । माटोमा अम्लीयपन देखिएपछि उत्पादन शक्ति कमजोर भएको छ ।
लेबलबिनाका वस्तु जफत गर्ने चेतावनी
सरकारले लेबलबिनाका वस्तु बजारमा पठाएमा जफत गर्ने चेतावनी दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २० गतेपछि बजारमा लेबल नभएका वस्तु भेटिएमा जफत तथा सम्बन्धित उत्पादक उद्योगलाई कारबाही हुने जानकारी गराएको हो ।
विश्व बैङ्कको बिस अर्ब चालिस करोड सहयोग
तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयनका लागि विश्व बैङ्कले २० अर्ब ४० करोड रुपियाँ प्रदान गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आइतबार स्वीकृत गरेको हो ।
पाँच सय दरका तेइस करोड नयाँ नोट छापिँदै
बजारमा नोट आपूर्तिका लागि पाँच सय दरका नोट छापिने भएको छ ।
सन्चोको उत्पादन अन्योल
काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन बन्द हुनका साथै करोडौँ रुपियाँको सामान नष्ट भएको छ । राजावादी समर्थकले गत शुक्रबार गरेको तोडफोडका कारण कम्पनीको उत्पादन बन्द भएको हो ।
राकम कर्णालीमा स्याटेलाइट अस्पताल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको बैठकले दैलेखको आठबिसकोट नगरपालिका राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ ।
अराजकको संयुक्त प्रतिवाद
नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रतिगामी समूहले अराजनीतिक र अराजक सडक प्रदर्शन गरिरहँदा गणतन्त्र पक्षधर सबै राजनीतिक दलले एकै ठाउँमा उभिएर यसलाई प्रतिवाद गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
एघार जनाविरुद्ध राजद्रोहको अभियोग
राजावादी समूहले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाएको आरोपमा पक्राउ परी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ११ जनाविरुद्ध राजद्रोह तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ ।
व्यक्तिको मुद्दामा संसद् बन्धक
एक जना कर्मचारीको सवालका पछाडि प्रतिपक्षी लाग्दा जरुरी विधायिकी कार्यसम्पादन गर्नुपर्ने सङ्घीय संसद्का दुवै सदन ‘बन्धक’ बनेका छन् ।
वरिष्ठ पत्रकार कोइरालाको निधन
वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आज साँझ निधन भएको छ । केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारको लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।
उच्च अदालत हेटौंडा इजलासमा ५८.९३ प्रतिशत मुद्दा फर्छ्यौट
बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित उच्च अदालत पाटन हेटौंडा इजलासले चालू आर्थिक वर्षको चैत पहिलो सातासम्ममा ५८.९३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।
करेन्ट लागेर एकको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिका –१, हजार बिघामा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीय राजु भन्ने सोमबहादुर खपाङ्गी मगरको करेन्ट लागेर मृत्यु भएको हो ।
वडाध्यक्षसहित तीनजना पक्राउ
जिल्ला प्रहरी कार्यालय लमजुङले एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका वडा ९ का वडाध्यक्ष खुशीजङ गुरुङ रहेका छन् । त्यस्तै, बेंसीसहर ८ का विशाल अधिकारी र मोहन तामाङ पनि पक्राउ परेका छन् ।