• २० चैत २०८१, बुधबार

मुस्लिम समुदायले काठमाडौँमा यसरी मनाउँदै इद उल फित्र (फोटो फिचर)

blog

काठमाडौँ, चैत १८  गते । आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउँदै छन् । सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ । सोमबार बिहानै काठमाडौँ घण्टाघर नजिकको मस्जिद र अन्य मस्जिद पुगेर मुस्लिम समुदायले शुभकामना साटासाट गरेर यो पर्व मनाएका छन् । 

इद उल फित्र मुस्लिम समुदायको महत्त्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरूका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।

नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाइन्छ । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।