• १९ चैत २०८१, मङ्गलबार

वडाध्यक्षसहित तीनजना पक्राउ

blog

वडाध्यक्ष खुसीजंग गुरूङ ।

नवीनराज कुइकेल

लमजुङ, चैत १७ गते । जिल्ला प्रहरी कार्यालय लमजुङले एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका वडा ९ का वडाध्यक्ष खुशीजङ गुरुङ रहेका छन् । त्यस्तै, बेंसीसहर ८ का विशाल अधिकारी र मोहन तामाङ पनि पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

अभद्र व्यवहार गर्न नहुने कसुरमा गत फागुन २५ गते मुद्दा दर्ता भएपछि उनीहरु फरार भएका थिए । आइतबार उनीहरु स्वयम् प्रहरी कार्यालयमा पुगेकोमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी बोहराले बताउनुभयो । अध्यक्ष गुरुङविरुद्ध गत वर्ष पनि अभद्र व्यवहार कसुरमा मुद्दा परेको थियो ।