• २९ मङ्सिर २०८२, सोमबार

उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

blog

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल

काठमाडौं, मङ्सिर २९ गते । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ  । 

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो । 

उहाँकाअनुसार आयोगको सदस्यमा प्राडा सुनीति श्रेष्ठ नियुक्त हुनुभएको छ । प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ । 

सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपियाँ दुई सय तथा भारतीय रुपियाँ पाँच सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपियाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजानसक्ने व्यवस्था गरेको बताउनु भयो । 

मन्त्री खरेलले विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसँग वार्ता गर्नका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको बताउनु भयो । 

संवाद समितिको संयोजकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सदस्य हुनुहुन्छ भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहनुभएको बताउनु भयो ।