• २० चैत २०८१, बुधबार

त्रिशूलीदेवी मन्दिर खुला

blog

जलेश्वर, चैत १८ गते । जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूलीदेवीको मन्दिर चैतेदसैँका लागि आइतबारदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।

मन्दिर प्रत्येक वर्ष असोज र चैतेदसैँका बेला दुई पटक मात्रै खुला गरिन्छ । मन्दिरका पुजारी उपेन्द्र पाठकले त्रिशूलीदेवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि मन्दिर खुला गरिएको र दर्शनार्थीको भिड लागेको बताउनुभयो । मन्दिरमा महोत्तरी, धनुषा, सिराहा, सर्लाहीलगायत भारतको सीतामढी र मधुवनी जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

दसैँमा त्रिशूलीदेवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनले पुनः वर्षभरि माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नु पर्छ । त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास छ ।