• १९ चैत २०८१, मङ्गलबार

वरिष्ठ पत्रकार कोइरालाको निधन

blog

स्वर्गीय वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइराला ।

काठमाडौँ, चैत १७ गते । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आज साँझ निधन भएको छ । केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारको लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो । 

पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गर्नुभएको थियो । कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उहाँले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गर्नुभएको थियो ।

पूर्व सांसदसमेत रहनुभएका दिवङ्गत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले जनाएका छन् ।