अर्जुन कार्की
बागलुङ, चैत १७ गते । बागलुङ उद्योग वाणिज्य सङ्घको १९ औ महाधिवेशनबाट अध्यक्षमा राजनकुमार शाक्य निर्वाचित हुनुभएको छ । आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार प्रतिद्वन्द्वी उमाकान्त शर्मा ‘बाबु’ लाई १२५ मत अन्तरले पराजित गर्दै शाक्य निर्वाचित हुनुभएको हो ।
शाक्यले ६४४ र शर्माले ५ सय १९ मत प्राप्त गर्नुभएको छ । शाक्य र शर्मा दुवै नेपाली कांग्रेस निकटका व्यावसायी हुनुहुन्छ । दुई जनाले प्यानल खडा गरेर निर्वाचनमा होमिनुभएको थियो ।
यस्तै, सङ्घको महिला सदस्यतर्फ कमला पराजुली, सविता आचार्य र सिर्जना राजभण्डारी विजयी हुनुभएको छ । विजयी शर्मा, आचार्य र राजभण्डारीले क्रमशः ५ सय १२, ५ सय ५८ र ४ सय ८८ मत प्राप्त गर्नुभएको छ । उद्योग सदस्यतर्फ रामप्रसाद शर्माले ६ सय ८४, चुडामणि सापकोटाले ५ सय ४६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
सङ्घको खुला सदस्यमा ऋषिराम गौतम (८२२), अर्जुनप्रसाद कँडेल (६६३), अकिलबहादुर क्षेत्री (६३५), नविनकुमार श्रेष्ठ (६३०), इन्द्रमणी पौडेल ‘अर्जुन’ (६०८, चन्द्रराज रेग्मी (५७९, मनिष राजभण्डारी (५४९), दीपक हमाल (६०९), सुदिप सागर कँडेल (६०२, श्रीजय श्रेष्ठ (५५४), बद्री ढुंगाना ‘दाह्री’ (५९१) उमेश केसी र राजु गौतमले समान (५३८) मतसहित विजयी हुनुभयो ।
१ हजार ४ सय १६ मतदाता रहेको बागलुङ उद्योग वाणिज्य सङ्घको शनिबार सम्पन्न मतदानमा १ हजार १ सय ३३ मत खसेको थियो ।