काठमाडौँ, चैत १७ गते । आइतबार राष्ट्रिय सभाको बैठकका लागि तोकिएको समय परिवर्तन भएको छ । आज बिहान ११:१५ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठकको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपराह्न १:१५ बजे बस्नेगरी तोक्नुभएको थियो । तोकिएको समयमा बैठक बस्न नसकेपछि पुनः ३: ३० का लागि समय तोक्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
बैठकको समय परिवर्तनसम्बन्धी सूचना निकालेर सचिवालयले राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरिएको उल्लेख गरेको छ ।