• १२ चैत २०८१, मङ्गलबार

अनेमसङ्घ ताप्लेजुङ अध्यक्षमा गुरुङ चयन

blog

नवनिर्वाचित अनेमसङ्घको कार्यसमिति।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १० गते। नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ ताप्लेजुङको अध्यक्षमा रनमाया गुरुङ चयन हुनु भएको छ। सङ्घको सातौं जिल्ला अधिवेशनले गुरुङ अध्यक्ष रहेको ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।

जिल्ला कमिटी उपध्यक्षमा मीनाकुमारी केदेम र रीता श्रेष्ठ (प्याकुरेल), सचिव चन्द्रा भट्टराई, उपसचिव बबिता पोमु र कोषाध्यक्षमा प्रमिला खनाल घिमिरे चयन हुनुभएको छ। अनेम सङ्घको सातौं जिल्ला अधिवेशनको सङ्गठनकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमालले शनिबार उद्घाटन गर्नुभएको थियो।

अधिवेशनमा सङ्गठनकी प्रदेश अध्यक्ष एवम् कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई, एमाले पोलिटव्यूरो सदस्य एवम् कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, पार्टीका जिल्ला नेतृत्व लगायतको उपस्थिति रहेको थियो। नयाँ जिल्ला कमिटी सर्वसम्मत चयन गर्दै अधिवेशन शनिबार राती अबेर सम्पन्न भएको एमाले जिल्ला कमिटी उपाध्यक्ष एवम् आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिनुभयो।