• १३ चैत २०८१, बुधबार

तेन्जिङ र स्वस्तिकालाई क्लाइम्बिङ उपाधि

blog

क्लाइम्बिङमा उपाधि विजेता खेलाडी ।

काठमाडौँ, चैत १० गते । तेन्जिङ राई र स्वस्तिका चौधरीले वोङ्छु पिक एन्ड मुसा मसला नेसनल स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि जित्नुभएको छ । 

नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएन (एनसीएसए)को आयोजनमा सम्पन्न प्रतियोगितमा तेन्जिङ पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बन्नजुभएको हो । 

पुरुषतर्फ च्याम्पियन तेन्जिङ राईले समग्रमा १८०५ अङ्क बनाउनुभयो । बोल्डरमा एक हजार स्कोर गर्नुभउका तेन्जिङले लिडमा ८०५ अङ्क जोड्दै समग्रमा विजेता बन्नुभयो ।

पेम्बा छेवाङ शेर्पा राई १६९० अङ्कसहित दोस्रो र १४९५ अङ्क बनाउनुभएका रोनक उप्रेती तेस्रो हुनुभयो । पुरुषतर्फ कूल १३ खेलाडी सहभागि भएका थिए । जसमा क्वालिफिकेसन राउण्डबाट अन्तिसम चरणमा आठ खेलाडी छनोट भएका थिए ।

यसैगरी महिलातर्फ स्वस्तिकाले दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हुनुभएको हो । स्वस्तिकाले लिड र बोल्डर दुवैमा एक हजार स्कोर गर्दै समग्रमा दुई हजार स्कोर बनाउनुभयो । रुशा प्रधान दोस्रो र मनिषा बुढामगर तेस्रो हुनुभयो ।

महिलातर्फ ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिला र पुरुषको च्याम्पियन दुवैले ५० हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रोले ३० हजार र तेस्रो भएका खेलाडीले २० हजार प्राप्त गरे । 

६ वर्षपछि पहिलो पटक क्लाइम्बिङ स्पोर्ट्सको नेसनल च्याम्पियनसिप आयोजना भएको हो । यसअघि पछिल्लो पटक सन् २०१९ मा च्याम्पियनसिप भएको थियो ।