• ७ चैत २०८२, शनिबार

कार्कीको ललितपुरदेखि उत्तर प्रदेशसम्मको दौड सुरु

blog

काठमाडौँ, चैत ७ गते । धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको दौड यात्रा शनिबारदेखि सुरु गर्नुभएको छ । 

करिब ४ सय ५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताउनुभयो । दौड अघिनै कार्की र पूर्व खेलाडी गोकुल खत्रीले रुट अवलोकन गर्नुभएको थियो । 

कार्कीले गोदावरी नगरपालिका वडानम्बर–१, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्नुभएको हो । हनुमान मन्दिरमा २७ फिटअग्लो पित्तलको गधा निर्माणका लागि सहयोग सङ्कलन अभियानलाई निरन्तरता दिन दौडेको कार्कीले बताउनुभयो । कार्कीलाई बुवा शिवराम, शुभचिन्तकलगायतले कार्कीलाई बिदाइ गर्नुभएको थियो । 

कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँच पटक, काठमाडौँदेखि दोलखा तीन पटक, काठमाडौदेखिँ बुटवल एक पटक, काठमाडौँदेखि सिन्धुली तीन पटक र काठमाडौँदेखि उत्तर प्रदेश एक पटक दौडेर पुग्नुभएको थियो ।

२०६४ सालमा एक सय एक दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्ला दौडिएर पुग्नुभएका कार्कीले काठमाडौँदेखि भारतको पश्चिम बङ्गाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेर पुग्नुभएको थियो ।