• ७ चैत २०८२, शनिबार

अमेरिकाद्वारा इरानी तेल बिक्रीका लागि ३० दिनको अस्थायी अनुमति जारी

blog

न्युयोर्क, चैत ७ गते । अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधका बिचमा आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी प्रतिबन्ध हटाउने अनुमति जारी गरेको छ ।

अमेरिकी विदेश विभागद्वारा जारी गरिएको अनुमति शुक्रबार देखि जहाजमा लोड गरिएको इरानी मूलको कच्चा तेल र पेट्रोलियम पदार्थको ओसार–पसार र बिक्रीलाई अनुमति दिएको छ । सम्बन्धित जहाजको सुरक्षित स्थानान्त्रण चालक दलका सदस्यको स्वास्थ्य वा सुरक्षाको संरक्षण, आपतकालीन मर्मत र वातावरणीय संरक्षणका साथै विभिन्न सेवाका लागि पनि अनुमति दिइएको जनाइएको छ ।

अनुमतिमा लेनदेनमा संयुक्त राज्य अमेरिकामा इरानी मूलको कच्चा तेल र पेट्रोलियम उत्पादनको आयात समावेश रहेको छ । अस्थायी तथा छोटो अवधिको  कडाइका साथ पारवहनमा  सीमित तेलमा  मात्र अनुमति दिएको उल्लेख गर्दै नयाँ खरीद वा उत्पादनलाई अनुमति नदिने अमेरिकी स्रोतले जनाएको छ ।

वासिङ्टनले यस अघि नै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सहयोगमा आपतकालीन तेल भण्डार अतिरिक्त रूसी र भेनेजुएलाको तेलमा प्रतिबन्ध कम गरिसकेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिचको युद्ध तीन हप्तासम्म चलेको छ, जसले स्ट्रेट अफ हर्मुज हुँदै ढुवानीलाई गम्भीर अवरुद्ध गरेको छ । रासस/सिन्ह्वा