चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ७ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३, लिबाङमा स्थानीय एक परिवारले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । स्थानीय जसबहादुर लुङखिम्बा लिम्बूको परिवारले लिबाङस्थित पञ्चेश्वरी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
लिम्बूको परिवारले दिवङ्गत सदस्यको स्मृतिमा अक्षयकोष स्थापना गर्नभएको पञ्चेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यष राजन काकीले जानकारी दिनुभयो । विव्यस अध्यक्ष कार्कीका अनुसार लिम्बूको परिवारले एक लाख एक हजार १२५ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
जसबहादुरकी श्रीमती स्वर्गीय दत्तमाया इङ्वासाम लिम्बू र छोरा दीपेन्द्र लुङ्खिम्बा लिम्बूकी श्रीमती (बुहारी) स्वर्गीय विमला थलङ लिम्बूको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो । उक्त अक्षयकोषको रकम बराबरको चेक अक्षयकोषदाताले विव्यस अध्यक्ष कार्कीलाई हस्तान्तरण गर्नुभएको छ । यता परिचालनसम्बन्धी विद्यालय निर्णय गर्ने विव्यस अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।