• १२ चैत २०८१, मङ्गलबार

पाथीभरा क्षेत्रमा हिउँमा रमाउँदै दर्शनार्थी (फोटो फिचर)

blog

पाथीभरामन्दिरको दर्शनपछि हिउँमा रमाउँदै दर्शनार्थी। तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङ्लिङ, चैत १० गते। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मन्दिरमा आउने दर्शनार्थी हिउँ खेल्दै रमाउन थालेका छन्। पाथीभराक्षेत्रमा शनिबार हिमपात भएसँगै  दर्शनार्थी यो अवसर मिलेको हो। 

पाथीभरामा शनिबार बाक्लो हिमपात भएको हो। यो हिमपात यो वर्षकै दोश्रो ठूलो हिमपात भएको मन्दिर क्षेत्रका कर्मचारी प्रमुख राजेन्द्र महतको भनाइ छ। उहाँ १२ देखि पाथीभरामन्दिरको प्रमुख कर्मचारीको रुपमा काम गर्दै आउनुभएको छ। 

विगतका वर्षमा करिब चार फिट भन्दा बढी हिउँ पर्ने गरेको उहाँको भनाइ छ।